लेकवेशी ५ नेटाडाडामा पुरुष भलिबल प्रतियोतिा संचालन हुने

0
206

दिपक बराल, कात्तिक २४ गते- लेकवेशी नगरपालिका वडा नम्मर ५ नेटा डाडा गाँउमा एतिहासिक मेला संचालन हुने भएको छ । लेकवेशी नगरपालिका वडा न. ५ वडा कार्यलय नेटाको आर्थिक सहयोग र लेकवेशी नगरपालिकको समन्वयमा मेला संचालन हुन लागेको हो । प्रत्येक वर्ष हिन्दुर्धमा लम्विहरुको महान पर्व विजया दशमी र शुभ दिपावली सकिय लगत्तै आउने पुर्णिमाको चारौ तिथी र्अथात चौथीमा संचालन हुने एतिहासिक मेला यस वर्ष कात्तिक २५ गते देखी २७ गते सम्म संचालन हुने भएको छ ।

विभिन्न धर्म संकार रिती रिवाजमा आधारित रहेर मनाईने स्थानिय मेला पञ्चे बाजा , सारङ्गी नाच र विभिन्न संघ संथा क्लवहरुको मौलिक नाच लगायत विभिन्न कला कर्मी हरुको पहिचान र प्रर्दशन गरी संचालन हुँदै आएको र विगत केही वर्ष यता कोरोना भाईरसको कारण स्थगत भएको एतिहासिक डाडागाँउ मेला यस संचालन हुने लेकवेशी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चक्र बहादुर शाहीले जानकारी दिनुभयो । स्थानिय र राष्टी्रय कलाकारहरुको बेजोड प्रस्तुतीमा स्थानिय क्षेत्र लगायत आसपास क्षेत्रका हजारौ दर्शकशहरुको माझमा मनाईने स्थानिय एतिहासिक मेलाको अवसरपारी विगतका वर्षमा जस्तै यस वर्ष वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता राखिएको अध्यक्ष शाहीले भन्नुभयो । भलिबल प्रतियोगितामा सहभागी हुनको लागी खेलाडीहरुले टिम र्दता शुल्क रु ३,००० र आफ्रनो परिचय पत्र खुल्ने प्रमाण पत्र सहित कात्तिक २५ गते सम्म टिम र्दता गरीसक्नु पर्ने एतिहासिक मेला संयोजक देब बहादुर सिजालीले जानकारी दिनुभयो ।

कात्तिक २६ गते देखी संचालन हुने भलिबल प्रतियोगितामा विजेता हुने खेलाडी टिमलाई प्रमाण पत्र मेडल सहित प्रथम हुनेलाई रु ३०,००० र दोस्रो हुनेलाई रु २०,००० पुरुस्कार राशी रहेको मेला संयोजक सिजालीले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here