नेपालगन्जमा बन्ने क्रिकेट मैदानको डिपिआर बन्दै

0
257

नेपालगञ्ज, भदौ ५-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा अन्तर्राष्टियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको हो । वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि केही दिनअघि मात्रै सार्वजनिक जग्गा बाँडफाँडमा सहमति भएपछि उपमहानगरपालिकाले डिपिआर निर्माण गर्ने निर्णय गरेको हो ।


नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रभित्रका धार्मिक संघ संस्थाहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here