भेरीगंगा, असोज १५- भेरीगंगा नगरपालिका वडा नं. ८ अन्तर्गतको वडा खेलकुद विकास समितिले दशै तिहारको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । यही असोज २१ गतेदेखि शुरु हुने प्रतियोगितामा फुटबल र भलिवल खेल हुने भएका छन ।

विगत वर्षहरुमा नगर भित्रका वडा स्तरिय प्रतियोगिता मात्र हुने गर्दै आए पनि यो वर्ष भने खुल्ला हुने वडा खेलकुद विकास समितिका अध्यक्ष अर्जुन लामिछानेले बताउनु भयो । असोज १८ गते देखि २० गतेसम्म टीम दर्ता गर्ने समय तोकिएको छ भने खेल २१ गतेदेखि हुने भएको छ । फुटबल तर्फ प्रथम हुनेलाई ८० हजार, दोस्रो हुनेलाई ५० हजार र भलिबल तर्फ प्रथम हुनेलाई २५ हजार तथा दोस्रो हुनेलाई १५ हजार पुरस्कार निर्धारण गरिएको अध्यक्ष लामिछानेले बताउनु भयो । साविक मैनतडा गाविस हुदा सन्चालन हुने औशी मेला विगत लामो समयदेखि बन्द भएको र यो वर्ष असोज २० गते उक्त औशी मेला लाग्ने वडा नं. ८ का वडा अध्यक्ष पदम बहादुर खत्रीले बताउनु भयो ।

मेलालाई भव्य र सभ्य बनाउने बताउदै वडा अध्यक्ष खत्रीले उक्त मेलामा आफ्नो व्यापार व्यवसाय सन्चालनमा सहभागी हुन सवै व्यापारीहरुलाई आग्रह समेत गर्न भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here