नेटामा संचालित पुरुष भलिबल प्रतियोगिता सम्पन्न

0
77

दिपक बराल, कार्तिक २७ – लेकवेशी नगरपालिका वडा नम्मर ५ नेटा डाडा गाँउमा एतिहासिक मेलाको अवसर पारि संचालन भएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । लेकवेशी नगरपालिका वडा न. ५ नेटा वडा कार्यलयको आर्थिक सहयोगमा र लेकवेशी नगरपालिकाको समन्वयमा कात्तिक २५ गते देखी २७ गतेसम्म संचालन भएको एतिहासिक डाडागाउ मेलामा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

प्रत्येक वर्ष हिन्दुर्धमा लम्विहरुको महान पर्व विजया दशमी र शुभ दिपावली सकिय लगत्तै आउने पुर्णिमाको चारौ तिथी र्अथात चौथीमा संचालन हुने एतिहासिक मेलामा सम्पन्न भएको प्रतियोगिता बाट भेरीगंगा विजेता र लेकवेशी नगरपालिमा ५ भिरगाँउ उपविजेता भएको मेला संयोजक देव बहादुर सिजालीले जानकारी दिनुभयो । विजेता खेलाडी टिमले रु ३० हजार र उपविजेता खेलाडी टिमले रु २० हजार नगद सहितल प्रमाण पत्र र मेडल प्राप्त गरेको मेला संयोजक सिजाली जानकारी दिनुभयो । विभिन्न धर्म संकार रिती रिवाजमा आधारित रहेर मनाईने स्थानिय मेला पञ्चे बाजा , सारङ्गी नाच र विभिन्न संघ संथा क्लवहरुको मौलिक नाच लगायत विभिन्न कला कर्मी हरुको पहिचान र प्रर्दशन गरी मनाईने विगत दुई वर्ष यता स्थगत हुँदै आएको एतिहासिक डाडागाँउ मेला यस वर्ष संचालन भएको थियो ।

आगमी वर्षमा मेलालाई व्यवस्थीत गरी संचालन गर्नका लागी सबैले सहयोग गर्नुर्पने आवश्यक र नयाँ युवा पुस्ताहरुले आगामी वर्षहरुमा मेलालाई व्यवस्थीत गर्दै लैजान आवश्यक रहेको लेकवेशी नगरपालिका वडा न. ५ का वडा अध्यक्ष चक्र बहादुर शाहीले भन्नुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here