जनमत पार्टी बाकेंको कार्यालय उद्घाटन

0
792

नेपालगन्ज, साउन ११-जनमत पार्टीको कार्यालय आज एक कार्यक्रमका बिच नेपालगन्जमा जिल्लास्तरीय पार्टी कार्यालय स्थापना गरेको छ । नेपालगंज उप महानगरपालिका वार्ड नम्बर ९ चारबाहिनीमा  जनमत पार्टीको स्थायी सदस्य एंव केन्द्रिय सदस्यीय अब्दुल खानंले  रिबन काटि कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता खानंले नेता,नीति र नियत पयुक्त भएको हुनाले जनमत पार्टी जनताको लागि एकमात्र विकल्पको रुपमा खडाभएको बताए । जनमत पार्टीको आधार स्तम्भ ,विधान र घोषणापत्रको धारणामा प्रकाश पारे । कार्यक्रममा सयौ कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन अनवर खानं आजाद गरेका थिए भने स्वागत मोहम्मद हुसेन साहले गरेका थिए ।
कार्यक्रमलाई समापन गरिदै जनमत पार्टीको केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज ईरफान शेषले गर्नुभयो । समापन गरिदै नेता शेषले सम्पुर्ण नेता कार्यकर्ताहरुले इमानदारी पुर्वक आआफ्नो जिम्मेवारी वहनगर्नुपर्छ,विगतमा आँफुले झेलेको समस्यालाई सुनाएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here