चैत २४ बाट भेरीगंगा मेयर कप सुरु हुँदै

0
345

भेरीगंगा, चैत १३- स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आगामी चैत २४ गतेबाट भेरीगंगा नगरपालिकास्तरीय चौथो मेयर कप सुरु हुने भएको छ ।

भेरीगंगा वडा नम्बर ८ स्थित नगर रंगशालामा चैत २४ गतेदेखि २७ गतेसम्म मेयरकप प्रतियोगिता संचालन हुने भएको छ । चौथो मेयरकप प्रतियोगिताका लागि चैत १५ गतेदेखि २० गतेसम्म टिम दर्ता गर्न सकिने भेरीगंगा नगर शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले बताउनुभयो । टिम दर्ताका लागि वडाको सिफारिस अनिवार्य गरिएको जिसीले जानकारी दिनुभयो । मेयर कप प्रतियोगितामा महिला, पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमेन्टन, दौड खेलहरु समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिता अन्तर्गत चैत २१ गतेबाट संचालन हुने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here