गुर्भाकोट ६ वडा कार्यालयद्धारा खेलकुद सामग्री वितरण

0
549

हेमन्त डिसी, फागुन १७- गुर्भाकोट नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले स्थानीय खेलाडीको खेलकुद विकास र सहज खेलकुदका लागि सामग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच वडा कार्यालयले वडाका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरेको हो ।

वडा नम्बर ६ का वडाअध्यक्ष धनिराम जैसीले खेलाडीहरुलाई खेलकुद सामाग्री बितरण गर्नुभएको हो । वडाका विभिन्न टोलहरुमा रहेका खेलाडीलाई टोलमा पुगेर सामग्री हस्तान्तरण गरिएको अध्यक्ष जैसीले बताउनुभयो । वडाका खेलाडीहरुलाई फुटबल, हावा भर्ने पम्प, नेट जाली, ब्याडमेन्टन, कक, भलिबल लगायतका खेलकुद सामग्री वितरण गरिएको हो । टोलटोलका खेलाडीहरुलाई प्रोत्साहन गरि वडाको खेलकुद बिकासका लागि सहयोग गरिएको अध्यक्षले भन्नुभयो । वडाको तर्फबाट आगामी दिनमा खेलाडीलाई सहयोग हुने बताएको छ ।

खेलकुद सामग्री पाएपछि खेलाडीहरुले वडा कार्यालयको राम्रो कामको प्रशंसा गरेका थिए । यस्तै वडा कार्यालयले आगामी फागुन २८ गते वडाअध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here