गुर्भाकोट चौथो मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

0
173

दिलिप ढकाल, चैत ११- स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गुर्भाकोट नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा चौथो मेयर कप सुरु भएको छ । शुक्रबार प्रमुख अथिति लेकवेशी नगरपालिका प्रमुख गगन सुनार र विशिष्ट अतिथि गुर्भाकोट नगर उपप्रमुख मैनाले विकले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

आजबाट सुरु भएको प्रतियोगिता भोलि शनिबार सम्पन्न हुने भएको छ । गुर्भाकोट ८ मेहेलकुनास्थित सुर्य ज्योती माध्यमिक विद्यालय मेहेलकुनाको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालन भएको प्रतियोगितामा पुरुष र महिला भलिबल, ट्रिपलजम्प, लङ्जम्प, हाईजम्प, दौड, सटफुट लगाएतको खेल प्रतीयोगिता सूरु भएको गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत पदमबहादुर विकले बताउनुभयो । प्रतियोगितामा नगरका १३ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको छ ।

शिक्षा शाखा अधिकृत विकका अनुसार प्रतियोगिता अन्तर्गत एथलेटिक्सका अधिकाश प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगिता शनिबार सम्पनन हुने र भोलि नै विजेता विद्यालयलाई प्रमाणपत्र, मेडल, शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here