अम्मर राजवंशी, गुर्भाकोट भदौ २२- पुर्वी सुर्खेत क्षेत्रमा खेलकुद विकास गर्ने उद्धेश्यले नेपाल खेलकुद महासंघ गुर्भाकोट नगर कमिटी गठन गरिएको छ । नेकपा एमाले नगरकमिटिको आयोजनामा सम्पन्न भेलाबाट गुर्भाकोट नगरस्तरीय नेपाल खेलकुद महासंघ गठन भएको हो ।

नवगठित कमिटिको अध्यक्षमा द्रोण हमाल, उपाध्यक्षमा तारा विक, सचिवमा अम्मर विक, सहसचिवमा समिर थापा, कोषाध्यक्ष राजु गौतम, सहकोषाध्यक्ष गंगा वली रहनुभएको छ । नवगठित कमिटि २८ सदस्यीय रहेको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य चित्र बस्यालको अध्यक्षता र नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीका अध्यक्ष सुरज थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । यस्तै नगर कमिटि गठनमा नेकपा एमाले नगर कमिटी अध्यक्ष देबबहादुर खत्री र विभिन्न एमाल कार्यकर्ताको सहभागीता रहेको थियो । हिजो गुर्भाकोट ९ मा सम्पन्न भेलाले नेपाल खेलकुद महासंघ गुर्भाकोट नगर कमिटी गठन गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीका अध्यक्ष सुरज थापाले गुर्भाकोट नगर खेलकुदको उर्वर भुमि रहेको भन्दै आफ्नो क्षेत्रमा सहयोग र साथ रहने बताउनुभयो । कार्यक्रममा सहभागीले अव कर्णालीको खेलकुद विकास गर्न पहिला स्थानीय तहमा खेलाडीको पहिचान गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here