स्वर्गीय बेदु गिरी स्मृति प्रतिक्षालय निर्माण

0
605

सुर्खेत, माघ २५- नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिका पुर्व सभापति स्वर्गीय वेदु गिरीको सम्झनामा वेदु गिरी स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर २ पैसठीमा प्रतिक्षालय निर्माण सम्पन्न गरि मंगलबार उद्घाटन गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन र नेपाल स्वास्थ्यकर्मी संघ भेरीगंगा नगरकार्यसमितिका कर्मचारीको सहयोगमा उक्त प्रतिक्षालय निर्माण भएको हो । कर्मचारीको आर्थिक सहयोगमा नेपाली कांग्रेस नगर सभापति तथा नेता स्वर्गीय गिरीको सम्झनामा करिव दुई लाख लगानीमा प्रतिक्षालय निर्माण भएको हो । रत्नराजमार्गबाट आवतजावत गर्ने यात्रु र चालकलाई मध्यनगर गर्दै प्रतिक्षालय निर्माण भएको हो । मंगलबार एक कार्यक्रमका बिच नेपाली कांग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिँह, भेरीगंगा नगरका मेयर, उपमेयर, वडाअध्यक्षहरु, कर्मचारीहरु, कांग्रेसका नेताहरुको उपस्थितीमा प्रतिक्षालयको उद्घाटन गरिएको हो ।

कार्यक्रमका सहभागीले स्वर्गीय वेदु गिरीको राजनैतिकm, सामाजिक योगदानको समीक्षा गरेका थिए । सहभागीले गिरीको सामाजिक र राजनैतिक कार्यको योगदानको समीक्षा समेत गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here