स्वतन्त्र र वागी उम्मेदवार भेरीगंगामा ठुला दललाई चुनौती

0
199

भेरीगंगा, बैशाख १८- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र र वागी उम्मेदवार भेरीगंगामा ठुला राजनैतिक दललाई चुनौती बनेका छन् । नगरका अधिकाश वडादेखि मेयर, उपमेयरमा वागी र स्वतन्त्र उम्मेदवारहरु संयुक्त रुपमा चुनावी प्रचारमा जुटेका छन् ।

स्वतन्त्र र वागी उम्मेदवारहरु संयुक्त रुपमा चुनावी प्रचार र तयारीमा जुटेपछि नेपाली कांग्रेस, माओवादी गठबन्धन र एमालेका उम्मेदवारहरुका लागि बढी चुनौती बनेको हो । कांग्रेस, एमालेबाट वागी र स्वतन्त्र उम्मेदवार रहेका मेयरमा मानबहादुर बुढा, उपमेयरमा सिता शर्मा, वडाअध्यक्षहरुमा पठे वली, लक्षुमण राना, पदमबहादुर खड्का, महाविर खत्रीलगायत वडा सदस्यहरु अहिले अलगअलग चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका छन् ।

स्वतन्त्र र वागी उम्मेदवारले मत काट्ने भएपछि भेरीगंगामा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, नेकपा एसका उम्मेदवारलाई लागि सकस पर्ने निश्चित बनेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here