सुर्खेत, मंसिर १२- नेपाली कांग्रेसको १४ औं अधिवेशनमा सुर्खेत जिल्ला सभापतिमा उम्मेदवार खड्ग बहादुर पोखरेल निर्विरोध जिल्ला सभापतिमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला सभापतिमा खड्क पोखरेलको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन् ।

पोखरेल महामन्त्री खड्का निकट हुन् । केन्द्रीय सदस्य हृदयराम थानी निकट वर्तमान जिल्ला सभापति कमलराज रेग्मी र त्यो समुहका सभापतिका आकांक्षिहरु महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि थानी समुहले सभापति पदका लागि उम्मेदवार दिएको छैन् । आज नै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका लागि निर्वाचन समय तालिका रहेको छ । जिल्ला समितिका लागि महामन्त्री खड्का पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको नाम टुंगिएको संस्थापन पक्षले जनाएको छ ।

जिल्ला समितिका लागि थानी पक्षबाट उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्य पदमा पनि दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here