सुर्खेत २ मा हृृदयराम थानीको तेस्रो जीत

0
72

सुर्खेत, मंसिर ७ – कर्णाली प्रदेशबाट प्रतिनिधीसभा तर्फ सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले विजय सुरुवातको खाता खोलेको छ। कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भए ।

निर्वाचन अधिकृत कार्यलयका अनुसार कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ खसेको छ । प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्दै थानीले ह्याट्रिक जित निकालेका छन् । एमालेका विसीले २९ हजार ५५८ मत ल्याए । थानी यसअघि ०५६ र २०७० सालका निर्वाचित भएका थिए । उनी पुर्व सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here