सुर्खेत १ (क) मा कांग्रेसका सभापति खड्गप्रसाद पोखरेल विजय

0
87

भेरीगंगा, मंसिर ८ -सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवारले विजय सुरु गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ (क) को ताजा नतिजा अनुसार नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग प्रसाद पोखरेल विजय भएका छन् ।


एमालेका उम्मेदवार ठम्मरबहादुर विष्टलाई ३०७५ मतान्तरले पछि पार्दै उनी विजय भए । पोखरेलले १८२६३ मत ल्याए भने बिष्टले १५१८८ मत ल्याए । पोखरेलले फराकिलो मतान्तरले विजय भएका छन् । सुर्खेत सिम्ता निवासी पोखरेल विकास प्रेमी, सादगी जीवन, मिजासिलो, स्वार्थरहित र लोकप्रिय नेताका रुपमा परिचित छन् । सिम्ता गाउपालिकाबाट ७ सय बढी मतको अग्रता लिएका पोखरेलले गुर्भाकोटबाट २५०० को मतान्तर निकालेका थिए ।

एमालेका उम्मेदवार विष्टले सिम्ताबाट अपेक्षित मत ल्याउन सकेनन्। उनी एमालेका केन्द्रीय सदस्य र कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री समेत हुन् । यस्तै प्रतिनिधी सभातर्फ कांग्रेसका उपसभापति पूर्ण बहादु खड्का १५२६४ मत सहित अगाडी छन् । एमालेका ध्रुवकुमार शाही ११७७९ मत रहेको छ । प्रदेशसभा (ख) मा एमालेका डण्डीप्रसाद शर्मा ९६७१ म्त ल्याएका छन् भने माओवादीका कृष्णबहादुर विसीले १२३१३ मत ल्याएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here