मेयरका स्वतन्त्र उम्मेदवार मानबहादुरको उम्मेदवारी फिर्ता, कांग्रेसमा फर्किएको स्पष्टिकरण

0
390

भेरीगंगा, बैशाख २२- भेरीगंगा नगरपालिकामा स्थानीष्य तह निर्वाचनमा नेपाली कांग्रेसबाट स्वतन्त्र वागी उम्मेदवार दिएका मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसबाट असन्तुष्ट भई मेयर, वडाअध्यक्ष तथा सदस्यमा वागी दिएका अधिकाशले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बिहिबार आज मात्रै नगरप्रमुखका स्वतन्त्र उम्मेदवार एवम् नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य मान बहादुर बुढाले उम्मेदवारी फिर्ता लिनु भएको छ । नेपाली कांग्रेस पार्टीका नगर र वडा तहका उम्मेदवार तथा गठबन्धनका उम्मेदवारहरुलाई चुनावी अभियानमा साथ दिने गरि उम्मेदवारी फिर्ता लिएको एक प्रेस विज्ञप्तिमार्फत बुढाले जानकारी दिनुभएको छ । यस्तै आज नै भेरीगंगा नगरपालिका वडा नं.५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, सदस्य पदका स्वतन्त्र उम्मेदवारहरु कमला पुन मगर, मनबहादुर पुन मगर र टोपबहादुर आलेले पनि आफ्नो उम्मेद्वारी स्थगन गरी पार्टीका उम्मेदवारलाई जिताउने भन्दै उम्मेदवारी फिर्ता लिनुभएको छ । नेपाली कांग्रेस पार्टीका नगर र वडा तहका उम्मेदवार तथा गठबन्धनका उम्मेदवारहरुलाई चुनावी अभियानमा साथ दिने चन्दै पार्टी वागीहरुले प्रेस विज्ञप्तिमार्फत फिर्ता लिएको बताएका हुन् ।

कांग्रेसबाट वागी उम्मेदवारी दिएका मानबहादुर लगायत वडा नम्बर ५ का वागी स्वतन्त्र उम्मेदवारीले फिर्ता लिएपछि कांग्रेसभित्र स्थानीय चुनावमा थप उर्जा थपिएको छ । अव पार्टीले वडा नम्बर ४ का महाविर खत्री र वडा न्म्बर ६ का पठे वलीको वागी उम्मेदवारी फिर्ता लिने अपेक्षा गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here