मानवअधिकारकर्मी र पत्रकारको टोली घटनास्थलको जानकारी लिदै

0
699

रुकुम, जेठ १३- अन्तरजातीय विवाह गर्ने सिलसिलामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विश्वकर्मा हत्या गरिएको घटनास्थलमा अधिकारकर्मी टोली पुगेको छ। सोमबार जाजरकोटमा पिडित परिवार र अाफन्त भेटघाट गरेको टोलिले मगलबार बिहान देखि घटनास्थल रुकुम चौरजहारी पुगेको हो ।

टोलीले घटनास्थल, सरोकार निकाय र सम्बन्धित पक्षसंग भेटघाट जारी राखेको अधिकारकर्मी धर्मलाल रोकायले बताउनुभयो । ईलाका प्रहरी, चौरजहारी नगरपालिका मेयर, घटनास्थल, केटीको परिवार, घाईते र प्रत्यक्षदर्शीसग भेटघाट र घटनाको जानकारी लिन सुरु भएको हो । अहिलेसम्म घटना अारोपमा प्रहरीले वडाअध्यक्ष सहित १२ जना नियन्त्रणमा लिएको छ। विकसहित ६ जना हत्या गरिएको अारोपमा केटिनिकट रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोहन मल्लसहित १२ जना नियन्त्रणमा लिएको हो ।

वडाअध्यक्ष, केटीका बुवाअामासहित हत्यामा संग्लन १५ जना प्रकाउ गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here