भेरीगंगा, ८ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको प्रतिनिधि सभा विघठनविरुद्ध बिहिबार भेरीगंगा नगरपालिकामा विरोध सभा निकालिएको छ । नगरपालिकाका १३ वडामा वडा समितिले एकैसाथ बिहिबार वडावडामा बिरोध तथा र्याली आयोजना गरिएको हो । केन्द्रको परिपत्र अनुसार देशभर भइरहेको विरोध सभाका क्रममा बिहीबार नेपाली कांग्रेस नगर वडा कार्य समिति भेरीगंगा नगरपालिका वडा नं. ८ले विरोध सभा प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी तथा प्रमुख अतिथि भुपेन्दबहादुर चन्द विरोध सभालाई सम्बोधन गर्दै देशका राष्ट्राध्यक्षको जिम्मेवारी पाएको व्यक्तिले पार्टीको कार्यकर्ता जस्तो शैलीले संविधानमा हुँदै नभएको कुरालाई प्रधानमन्त्रीको सिफारिसमा केही क्षणमै सदर गर्नुले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको खिल्ली उडाउने काम गरेको बताए । उनले प्रश्न गर्दै भने, “विद्यादेवी भण्डारी पार्टीको कार्यकर्ता हो कि राष्ट्रपति ?” नेकपा पार्टीले जनताको मतको दुरुपयोग गरेको भन्दै कम्नियुष्ट कार्यकतालाई अब बाटो नबिराउन र नेपाली कांग्रेसमा प्रवेश गर्न आग्रह गर्नुभयो । बिरोध सभामा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ क्षेत्रीय समिति सदस्य पदम केसीले संविधानलाई प्रधानमन्त्री र राष्ट्रपतिले कु गर्दै प्रतिनिधी सभा भंग गरेको भन्दै अझै पनि सरकार चलाउनुको अर्थ नरहेको बताउनुभयो । नेकपा पार्टी जनता बिरोधी, यशियामै भ्रष्ट र असफल सरकार रहेकोले अवको चुनावमा जनताले ठेगान लगाउने उद्घोष गर्नुभयो । नेपालमा देश र जनता सुहाउदो पार्टी कांग्रेस भएको उहाको धारणा थियो । नेपाल दलित संघ जिल्ला सदस्य तुलबिर बैगारले नेकपा पार्टी कम्नियुष्ट भएपनि जातिय विभेद, छुवाछूत, गरिव, असामनता यही पार्टीमा बढी रहेको र यही सरकारमा धेरै घटना घटेको बताउनुभयो । नेपाली कांग्रेस भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा सभापित पर्से कामीको सभापतित्वमा सभा तथा बिरोध कार्यक्रम आयोजना गरिएको थियोे । सभामा ३ सय बढी पार्टी कार्यकर्ताको सहभागीता रहेको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here