भेरीगंगा ७ मा एमाले प्रशिक्षण कार्यक्रम सम्पन्न

0
239

भेरीगंगा, भदौ ८- नेकपा एमाले वडा कमिटीको आयोजनामा वडास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार स्थानीय झ्याक्रेघारीमा आयोजिक कार्यक्रममा वडास्तरीय प्रशिक्षण सम्पन्न भएको हो ।


स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी मंसिर ४ चुनाव केन्द्रित तयारीका विषयमा प्रशिक्षण केन्द्रित भएको बताएको छ । कार्यक्रममा प्रशिक्षण एमालेका नेता ठम्मर बिष्ट, यज्ञप्रसाद ढकाल, लालमनी पौडेल र मानबहादुर नेपालीले गर्नुभएको थियो । कार्यक्रम सहभागीलाई प्रशिक्षकले राजनैतिक, वैचारितक, सैद्धान्तिक प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा वडाका एमालेका नेता, कार्यकर्ताको उपस्थित रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here