भेरीगंगा २ मा मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न

0
342

दिपक बराल भेरीगंगा, फागुन २४- भेरीगंगा नगरपालिकाको वडा नम्बर २ मा मंगलबार वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा सहभागीले वडाभित्र सडक, खानेपानी, सिँचाई र विद्युत विस्तारका समस्या र ढिलासुस्तीका विषयमा सवाल गरिएका छन् ।

नगरपालिकाको आयोजना, न्यू प्लान सस्थाको सहजीकरण र रेडियो बिजी एफएमको व्यवस्थापनमा सम्पन्न वडाका सार्वजनिक सुनुवाईमा सहभागीले जनप्रतिनिधीले अपेक्षा अनुसारमा वडामा विकास गर्न नसेको गुनासो समेत गरेका छन् । वडाबासीको सवालको जवाफ दिदै भेरीगंगा वडा नम्बर २ का वडाअध्यक्ष नन्दबहादुर बुढाले चालु बर्षका खर्च हुन नसकेका बजेट तथा योजना चैत महिनाभित्र सम्झौता सकेर बैशाखभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वडा नम्बर २ का वडासदस्यहरु सन्त गुरुङ्ग, हरिमाया नेपाली, करसिँह रावत, वडासचिव गोरखबहादुर बुढाले सेवाग्राहीको जिज्ञासाको उत्तर दिनुभएको थियो । आयोजित सार्वजनिक सुनुवाई ६० बढी वडाका सेवाग्राही र सरोकार निकायको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here