भेरीगंगा ११ मा एमाले र १३ मा माओवादी विजय

0
144

भेरीगंगा, जेठ ५- पछिल्लो सम्पन्न भेरीगंगा वडा नम्बर ११ र १३ को मत परिणाम अनुसार एमाले र माओवादीका उम्मेदवार वडाअध्यक्षमा विजय भएका छन् ।

वडा नम्बर ११ मा एमालेका वडाअध्यक्षका उम्मेदवार जयबहादुर नेपाली विजय भएका हुन् । नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार नेपालीले १११६ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार जसविर चन्दले ९२३ मत ल्याएका थिए । यस्तै वडा नम्बर १३ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर भण्डारी विजय भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार भण्डारीले १००६ र एमालेका उम्मेदवार अमन चुनाराले ९२७ मत ल्याएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here