भेरीगंगा वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई सम्पन्न

0
531

श्रृजना बारघरे, फागुन १७- भेरीगंगा नगरपालिकाको आयोजना, न्यू प्लान सस्थाको सहजीकरण र रेडियो बिजी एफएमको व्यवस्थापनमा भेरीगंगा नगरपालिका वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई सेवाग्राही र सरोकार निकायबिचको सहभागीतामा विभिन्न सवाल, विषय र मुद्धामा बहस सहित सम्पन्न भएको हो ।

स्थानिय निकाय र सेवाग्राही नागरिकहरुका विच दोहोरो सम्वाद स्थापित गरि त्यस्तो सम्वादबाट जनतालाई वडा र नगरस्तरमा विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराउने उद्देश्य सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा सेवाग्राहीका गुनासोको सम्बोधन गर्दै वडाअध्यक्ष बलबहादुर खड्काले वडामा रहेको विद्युतीकरण, खानेपानी र सडकको समस्या न्यूनीकरणमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । वडासचिव कमलसिँह विकले वडाको समग्र प्रगति विवरण पेश गर्दै वडाबाट सहज, छिटोछरितो र चुस्तदुस्त सेवा प्रवाहका लागि काम भैईरहेको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा वडासदस्यहरु मोतिसरा खत्री, प्रेमबहादुर सुनार, कर्णबहादुर बराल, देवी कामी, आधारभुत स्वास्थ्य केन्द्र संयोजक रेशमबहादुर डिसीले सेवाग्राहीका गुनासा र जिज्ञासाको जवाफ दिनुभएको थियो । वडा कार्यालयमा आयोजिक सार्वजनिक सुनुवाईमा वडाले स्थानीय सरकार विस्तार भएको ५ बर्षमा भएका विकास निर्माणका प्रगति र सेवा सुविधाका विषयमा समीक्षा गरिएको थियो । कार्यक्रममा वडासचिव कमलसिँह विकले वडाको बार्षिक प्रगति विवरण पेश गर्नुभएको थियो ।सार्वजनिक सुनुवाईमा ७० बढीको सहभगीता रहेको थियो ।

नगरका १३ वडामा संचालन हुने सार्वजनिक सुनुवाईले स्थानिय तहमा भएका विकास निर्माण कार्य र सेवाप्रवाहको गुणस्तरियता, प्रभावकारीता र जिम्मेवार संस्कार बसाउने अपेक्षा गरिएको छ । भोली बुधबार भेरीगंगा नगरपालिकाको वडा नं. ११ र १३ मा सार्वजनिक सुनुवाई हुने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here