भेरीगंगा कार्यपालिकामा ८ जना गठबन्धनबाट विजय

0
217

भेरीगगा, जेठ १५- भेरीगंगा नगर कार्यपालिका सदस्यका लागि आज भएको मतदानमा ८ वटै पदमा गठबन्धन विजय भएको छ । आज दिउँसो निर्वाचन कार्यालय भेरीगंगा नगरपालिकामा भएको मतदानमा निर्वाचित महिला सदस्यहरुबाट ५ जना र खुल्ला दलित तथा अल्पसंख्यबाट ३ जना गठबन्धनबाट विजय भएका हुन् ।

कार्यपालिका सदस्यहरुमा निर्वाचित हुने गठबन्धनका तर्फबाट महिला सदस्यहरुबाट पवित्रा घर्ती, ओविसरा बस्याल, गौमाया खत्री, खगिसरा पुन, अमृता विसी विष्ट रहेका छन् । यस्तै खुल्ला दलित तथा अल्पसंख्यबाट शेरबहादुर कामी, मानसिँह दमाई र सहविर कामी रहेका छन् । नगरका मेयर, उपमेयरसहित १३ वडाअध्यक्ष, सदस्यहरु गरि ६७ जना जनप्रतिनिधीले मतदान गरेका थिए । मतदानबाट नेकपा एमालेका उम्मेदवारहरुले २१ मत र गठबन्धनबा उम्मेदवारले ४६ मत ल्याएर विजय भएका हुन् । निर्वाचनमा १ मत बदर भएको थियो ।

भेरीगंगा नगरकार्यपालिकामा कांग्रेस र माओवादी गठबन्धनको दुई तिहाई बहुमत रहेको छ । निर्वाचित कार्यपालिका सदस्यहरुको अहिले बेलुका ५ बजे शपथ ग्रहण कार्यक्रम रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here