भेरीगंगामा विभिन्न पदमा २९७ जनाको उम्मेदवारी

0
189

भेरीगंगा, बैशाख १३ -भेरीगंगा नगरपालिकाबाट १३ वडाबाट विभिन्न पदमा २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हिरो रात्री अवेरसम्म निर्वाचन अधिकृतको कार्यालय भेरीगंगामा विभिन्न दल र स्वतन्त्र गरि २९७ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत नगेन्द्र नम्सालले जानकारी दिनुभयो ।

उम्मेदवारी दिनेमा मेयर, उपमेयरमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडाअध्यक्षमा ६६ जना, खुल्ला वडासदस्यमा १११ जना, दलित महिला सदस्यमा ४९ जना र खुल्ला महिला सदस्यमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भेरीगंगा वडा नम्बर १ बाट वडाअध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता भएको छ।यस्तै वडा २ बाट ६ जना, ३ बाट ४ जना, वडा ४ बाट ७ जना, ५ बाट ५ जना, वडा ६ बाट ६ जना, वडा ७ बाट ३ जना वडाअध्यक्षमा उम्मेदवारी दर्ता भएको छ।

वडा ८ बाट ४, वडा ९ बाट ७ जना, वडा १० बाट ४ जना, वडा ११ बाट ५ जना, वडा १२ बाट ५ जना र वडा १३ बाट ६ जनाको वडाअध्यक्षमा उम्मेदवारी दर्ता भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here