भेरीगंगामा मेयर कांग्रेस र उपमेयर माओवादीलाई

0
351

भेरीगंगा, बैशाख १६- केन्द्रिय गठबन्धन अनुसार भेरीगंगा नगरपालिकामा सथानीय तह निर्वाचनका लागि नेपाली काग्रेस र माओवादीको संयुक्त गठबन्धन गरिएको छ । निर्वाचनका लागि नगर उम्मेदवारी र वडा नम्बर ५ र १३ मा दुई पाटीप्ले गठबन्धन गरेका हुन् ।

गठबन्धन अनुसार भेरीगंगा नगरमा कांग्रेसल मेयर र माओवादी केन्द्रले उपमेयर उठाउने भएका छन् । जसमा मेयरमा कांग्रेसका रामबहादुर सिँह र माओवादीबाट उपमेयरमा नरेन्द्र कार्कीलाई उम्मेदवारी बनाएको छ । कांग्रेसका उपमेयरका उम्मेदवार प्रतिक्षा विकले मैदान छोडेका छन् । यस्तै वडा नम्बर ५ कांग्रेस र १३ मा माओवादीले वडाअध्यक्ष भागबण्डा गर्ने र वडासदस्यहरु मिलाउने सहमती भएको छ ।

यस्तै आज उम्मेदवारी mिफर्ता लिने अन्तिम दिन कांग्रेसका वागी उम्मेदवार मेयरका मानबहादुर बुढा र एमालेका वागी उपमेयर उम्मेदवा सीता शर्माले अहिलेसम्म फिर्ता लिएका छैनन् । अन्य वडाअध्यक्ष, मेयर, वडासदस्यले यो समाचार तयार पार्दसम्म फिर्ता नलिएको बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here