भेरीगंगा, मंसिर १६- निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ गतेदेखि पुर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट, लेकबेशी र सिम्ता गाउँपालिकामा मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगले लेकबेशी नगरपालिका र सिम्ता गाउँपालिकामा भोलि मंसिर १७ गतेदेखि, भेरीगंगा, गुर्भाकोटमा पुष ४ गतेबाट मतदाता नामावली संकलन गर्ने भएको हो ।

सबै स्थानीय तहमा विभिन्न चरणमा मतदाता नामावली संकलन हुने भेरीगंगा मतदाता संकलन केन्द्र दर्तास्थल व्यवस्थापक कुलबहादु खड्काले जानकारी दिनुभयो । लेकबेशी र सिम्तामा मंसिर १७ पुष २ गतेसम्म र भेरीगंगा, गुर्भाकोटमा पुष ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन कार्य हुने खड्काले जानकारी दिनुभयो । अहिले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भैईरहेको छ । २०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । स्थानीय तह निर्वाचन ऐनअनुसार पदावधि सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐनको प्रावधान मान्दा चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुन्छ । निर्वाचन मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

मतदाता नामावली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगले जनाएको छ । नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको समेत मतदाता नामावलीको विवरण संकलन गरिने आयोगले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here