नेपाली कांगेस भेरीगंगा कमिटिको पहिलो बैठक सम्पन्न

0
341

भेरीगंगा, पुष ३- नेपाली कांग्रेस भेरीगंगा नगरकार्य समितिको पहिलो बैठक आज छिन्चुमा सम्पन्न भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नगर समितिले आज पहिलो बैठक सम्पन्न गरेको नगर सभापति रामबहादुर सिँहले जानकारी दिनुभयो ।

पहिलो बैठकसंगै भेरीगंगा नगरपालिकाबाट १४ औँ महाधिवशेनबाट निर्वाचित नगर भित्रका सवै तहका नेताहरुलाई वधाई,शुभकामनासहित मतदान अधिकृतबाट प्रमाणपत्र वितरण भएको सभापति सिँहले बताउनुभयो । पार्टीको नगर कार्यसमितिको पहिलो वैठकसंगै कार्यक्रममा पार्टीको प्रदेश, जिल्ला, क्षेत्र,प्रदेश ख, नगर, वडाका विभिन्न पदमा निर्वाचित नेताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर उपसभापति प्रतीक्षा वि.क, सचिव लालसिह बि.सी, हिरालाल खत्री, उपसभापति रेशम पुन, सहसचिव धर्मराज खड्का, टिकाराम वली, धर्मराज खड्का, सभापति रामबहादुर सिँहले शुभकामना मन्त्वय राख्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here