नवराज विक हत्यापछि प्रेमिका सुष्मा मल्ल प्रहरी नियन्त्रणमा

0
573

रुकुम,जेठ १३- जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय नवराज विक हत्यापछि उनका प्रमिका रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया सुष्मा मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका अारोपमा वडाअध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका अामाबुवा सँगै प्रेमिकालाई पनि प्रहरी नियन्त्रणमा लिएको हो । उनीहरुलाई रुकुम जिल्ला प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालय चौरजहारीका ईन्चार्ज प्रहरी निरीक्षक धर्मसिह बिष्टले जानकारी दिनुभयो । उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान र सोधपुछ जारी छ। प्रहरीले प्रेमिका सुष्मासहित १२ जना नियन्त्रणमा राखेको छ। घटनामा अन्य अारोपति खोजी कार्य जारी छ।

घटना हुनु अघि नवराज विकका उनकी प्रेमिकाले घरदेखि तल लिन आउनु भनेपछि नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए । अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन् । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्बन्ध छ भन्ने कुरा मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनुप-यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौँ । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् । त्यसपछि अरु तीन जना थपिए पछि १९ जना भएर गयौँ । सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानुप-यो भन्दै हुनुहुन्थ्यो ।’केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरुमाथि ढुंगामुढा भएको सुनाए । ‘मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथि घरबाट एक्कासी एउटी महिला चिच्याएको आवाज आयो । साला फेरि आए डुमहरु…… तिमीहरुलाई आज मारेरै छाड्नुपर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,’ उनले भने, ‘उनीहरुले माथि घरबाट ढुंगा मुढा गर्न थालेपछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यसक्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उर्लिएर आएको देख्यौँ । दायाँबायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदी तर्न सफल भयौं ।

कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्तामध्ये दुई जनाको मृत्यु भइसकेको छ । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए । नदीमा हाम्फाल्दासम्म माथिबाट ढुंगा बर्साउँदै थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबुआमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए ।उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता अझै फेला परेका छैनन

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here