दलित संघ भेरीगंगा अध्यक्षमा हिरा विक चयन

0
161

भेरीगंगा, असोज ९- नेपाली कांग्रेस भातृ संगठन नेपाल दलित संघ भेरीगंगा नगर कमिटि गठन भएको छ । शनिबार सम्पन्न भेलाले हिराबहादुुर विकको अध्यक्षतामा १५ सदस्यीय नेािल दलित संघ भेरीगंगा गठन गरेको हो ।

संघको उपाध्यक्ष धनबहादुर विक, तिर्था वादी, सचिव शेरबहादुर कामी, सहसचिव कलोशी सुनार, कोषाध्यक्ष मैमकला नेपाली लगायत रहेका छन् । यस्तै भेलाले भेरीगंगा नगरका १३ वडाको प्रतिनिधीत्व हुने गरि सदस्यहरुको चयन गरेको नेपाल दलित संघका नगर सचिव शेरबहादुर कामीले बताउनुभयो । नगर समितिले नगरका १३ वडामा नेपाल दलित संघ वडा कार्यसमिति चयन गर्ने उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिको अगुवाईमा दलित संग नगर समिति विस्तार भएको हो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति झकबहादुर डाङ्गी, नगर उपसभापति प्रतिक्षा विक, क्षेत्रीय सचिव पदम केसी, नेपाल दलित संघ क्षेत्रीय सभापति नविन सुनारलगायतको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here