गुर्भाकोट, चैत २४- गुर्भाकोट नगरपालिका कायार्लय सुर्खेतले कोरोना कोभिड १९ मा नगरबासीलाई राहात सहयोग उपलब्ध गराउन ९३ लाख ९० हजारको कोष स्थापना गरेको छ।
कोरोना माहमारी लकडाउनको समयमा मजदुर र गरिव परिवारलाई खाद्यान्न लगायतको राहात उपलब्ध गराउन राहात कोष स्थापना गरिएको हो । राहात कोषबाट अावश्यकता अनुसार प्रत्येक वडामा राहात उपलब्ध गराईने गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए। राहात कोषमा अन्य व्यति, संघसस्थाले अार्थिक र खाद्यान्न सहयोग गर्न सक्ने उनले भने।
गुर्भाकोटका मजदुर, गरिव र विपन्न परिवारलाई वडाको सिफारिरमा खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने तयारी गरिएको छ।
Facebook Comments