गुर्भाकोट, चैत २७- सुर्खेतको गुर्भाकोट नगरपालिकाले कोरोना भाईरस कोभिड १९ को लागि दुई स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ। कोरोनाको सहज चेकजाँच र स्वास्थ्य परीक्षणका लागि सहज गराउने उद्वेश्यले मेहेलकुना र सहारेमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
सिटी हल मेहेलकुनामा २८ बेड र स्वास्थ्य चौकी सहारेमा १४ बेडको क्वारेन्टाइन निर्माण भएको हो । जम्मा ४२ बेडको क्वारेन्टाइन निर्माण भएको हो । दुई स्थानमा क्वारेन्टाइन निर्माण भएपछि कोरोना परीक्षण र उपचारमा सहज भएको गुर्भाकोट नगरपालिकाका उपमेयर मैना विकले जानकारी दिनुभयो । अहिले दुई स्थानमा विदेश र भारतबाट अाएका नागरिकले क्वारेन्टाइन बस्ने गरेका उहाले जानकारी दिनुभयो ।
गुर्भाकोट नगरपालिकाले कोरोना लक्षित गर्दै अावश्यक सामग्री, तयारी व्यापक बनाएको छ।
Facebook Comments