गुर्भाकोट, माघ ७- गुर्भाकोट नगरपालिका शुभघाट सुर्खेतको १० औँ हिउदे नगर सभा आज सम्पन्न भएको छ । चालू आर्थिक बर्षको दोस्रो नगरसभा अन्तर्गत नगरपालिका सभा हलमा शुक्रबार १० औँ नगर सभा सम्पन्न भएको हो ।


समृद्ध नगर, खुशी नगरबासी नारासहित बसेको नगरसभाले चालू बर्षका वडा र पालिकाका कार्यक्रम, योजना र बजेटको समीक्षा, दुईवठा विशेयक पारित गर्दै नगरसभा सम्पन्न भएको उमपमेयर मैना विकले जानकारी दिनुभयो । नगर सभामा नगरका चालू बर्षका बजेट र योजना संशोधन गरिएको छ । सभाले अनाथ बालबालिका सामाजिक सुरक्षा व्यवस्थापन कार्यविधि र कर्मचारी सुशासन कार्यविधि पारित गरेको उपमेयर विकले जानकारी दिनुभयो । सभाबाट पालिका र वडाका कार्यक्रम, योजना संशोधन भएको नगरप्रमुख हस्त पुनले बताउनुभयो । उहाँका अनुसार सभाले नगरका १४ वडामा बजेट संशोधन गरि २७ लाखको नँया कार्यक्रम थप गरेको छ । यस्तै कोभिड केन्द्रि आईसुलेशनको तयारी गर्ने र निर्माणधीन अक्सिजन प्लान्ट छिटो संचालनको तयारी गर्ने निर्णय गरेको मेयर पुनले जानकारी दिनुभयो । १० औँ नगरसभा वडा र पालिकाका योजना हेरफेर केन्द्रित भएको हो । पालिकास्तरका एकमुष्ट बजेट विनियोजन गरिएका योजनाहरु शीर्षक तथा बजेट संशोधन गर्दै पास भएका छन् ।


नगरसभाले देशव्यापी रुपमा फैलिएको कोरोनाको नँया भेरिन्टको संक्रमण र नगरमा गर्नुपर्ने तयारीका विषयमा समेत छलफल गरेको छ । नगरसभाले कोरोनाको प्रकोपबाट नगरबासीलाई सुरक्षित गर्न वडादेखि नगरका सबै स्वास्थ्य निकाय, स्वास्थ्यकर्मी र सरोकार निकायलाई तयारी अवस्थामा रहन समेत सामुहिक निर्णय गरेको छ । नगरसभामा वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here