गुर्भाकोटका मेयर र उपमेयरद्धारा पदभार ग्रहण

0
122

दिलिप ढकाल, जेठ १२- पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाका नबनिर्बाचित नगरप्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले आज एक समारोहका बीच पदभार ग्रहण गरेका छ्न । नगरपालिकामा आज बाजागाजा सहित नगरप्रमुख र उपप्रमुखले सपथ लिएका हुन् ।

यहि बैसाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट गुर्भाकोट नगरपालिकाको मेयर पदमा उमेद्वारी दिएका पुन र उपप्रमुख बिक निर्बाचित भएका थिए । नबनिर्बाचित मेयर पुन आफ्ना निकटतम प्रतिस्प्रधी नेकपा एमालेका तिलकबहादुर खत्रीलाई पछि पार्दै नगरपालिकाको मेयर पदमा बिजयी भएका हुन् भने नबनिर्बाचित उपमेयर बिक पनि नेकपा एमालेकी उमेद्वार सुशिला बिश्वकर्मालाई पछि पार्दै उपमेयर पदमा निर्बाचित भएकी हुन् ।

हस्त पुन र मैना बिक यसअघि २०७४ सालमा भएको निर्बाचनमा पनि गुर्भाकोट नगरपालिकाको मेयर तथा उपमेयर मा बिजयी भएका थिए । उनीहरु पुनः दोस्रो कार्यकालको लागि २०७९ को निर्बाचनमा निर्बाचित भएका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here