भेरीगंगा, साउन ३- भेरीगंगा नगरपालिका अन्तर्गत साविक कोटमाझखर्कमा पर्ने ४ वडाका अव्यवस्थित बसोबासी र भूमिहिन दलित÷भूमिहिन सुकुम्वासीको अस्थायी जग्गा स्थायी लालपुर्जा प्रक्रियाका लागि आईतबारबाट नापनक्सा सूरु भएको छ । आईतबार वडा नम्बर ८ मैनतडामा एक कार्यक्रमका बिच भेरीगंगा नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोटमाझखर्कको ९ (ज्ञ) १४ को कित्ता नम्बर ४०४ मा भेरीगंगा ८ का टिके सुनारको जग्गाको नापनक्सा सूरुवात गर्नुभयो ।

भेरीगंगाका साविक मैनतडा गाविस अन्तर्गत हालका वडा नम्बर ६,७, ८ र ९ वडाका अव्यवस्थित बसोबासी र भूमिहिन दलित÷भूमिहिन सुकुम्वासीका अस्थायी जग्गालाई स्थायी लालपुर्जा दिने प्रक्रिया अन्तर्गत नापनक्सा सूरुवात भएको वडा नम्बर ८ का वडाअध्यक्ष तथा कोटमाझखर्क जग्गा व्यवस्थापन समिति संयोजक पदम केसीले जानकारी दिनुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐनबहादुर चन्दको प्रमुख आथित्य, भेरीगंगा नगरका उपमेयर रेणु आचार्य, वडा नम्बर ६,७,८ र ९ का वडाअध्यक्ष, भूमि सम्बन्धी समस्या समाधान आयोग भेरीगंगा इकाई संयोजक गजेन्द्रबहादुर जिसी लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । आयोगक अध्यक्ष चन्दले अव नापनक्सा सकेर यो बर्षमै कोटमाझखर्कका नागरिकले स्थायी लालपुर्जा पाउने बताउनुभयो । जग्गा नापनक्सामा नगरका ६ जना अमिन, ३ वटा वडा सचिव र भेरीगंगा ८ र ७ का वडाअध्यक्षको सहभागीता रहेको छ । गत फागुनमा भेरीगंगा नगरपालिकामा भूमिसम्बन्धि समस्या समाधानका लागि ९ हजार वटा निवेदन परेका छन् । स्थायी लालपुर्जाका लागि नगरका ८,९५७ जना अव्यवस्थित बसोबासी र भूमिहिन दलित÷भूमिहिन सुकुम्वासीले निवेदन दिएका थिए । भूमि सम्बन्धी समस्या समाधान आयोगका इकाई सुर्खेतमा भेरीगंगा नगरपालिकामा ८ हजार ७२५ अव्यवस्थित बसोबासी र २३२ भूमिहिन दलित÷भूमिहिन सुकुम्वासी सम्बन्धी निवेदन परेको भेरीगंगा ८ का वडाअध्यक्ष पदम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूमिव्यवस्था इकाई भेरीगंगाम अव्यवस्थित वसोवासी तर्फबाट वडा नम्बर ८ बाट ३६७, वडा नं ७ वाट २५९ , वडा नं १२ वाट ६६० , वडा नं १० वाट ९९९ , वडा नं ३ वाट ४०० र वडा नं ११ वाट ७९ वटा निवेदन दर्ता भएका छन् । यस्तै भूमिहिन सुकुम्वासी तर्फ वडा नं ८ बाट २६, वटा नम्बर ७ मा २१ र वडा नं १२ मा २७ तथा भूमिहिन दलित तर्फ वडा नं ८ बाट ४४, वडा नं. १२ मा ३३ र वडा नं ७ मा ४० वटा निवेदन स्थायी लालपुर्जाका लागि परेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here