सुर्खेत, मंसिर ८- काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतीमा झक
बहादुर डाँगी विजयी हुनु भएको छ । डाँगीले ७१९ मत ल्याएर विजयी हुनु भएको हो । वहाका प्रतिद्धन्दी बल बहादुर वलीले १०३ मत ल्याउनु भएको थियो ।

त्यस्तै सचिव पदमा ७१७ मत ल्याएर पदम बहादुर खत्री, ७२० मत ल्याएर मोहन राना विजयी भएका छन । सचिव पदमा पराजीत रेशम राज रेग्मीले ९९ र विर बहादुर रुचालले ८५ मत ल्याएका थिए । त्यस्तै सह सचिवमा प्रेम सिंह ठकुरीले ६८४ र यमलाल पंगालीले ६८७ मत ल्याई विजयी भएका छन भने प्रतिद्धन्दी भीम प्रभाद आचार्यले ९८ र खगेन्द्र खत्रीले १०२ मत ल्याएका थिए ।

सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट पटकपटक सांसदमा विजयी हुने पुर्ण बहादुर खड्काको क्षेत्र एकाले देउवा अर्थात खड्काको प्यानल नै विजयी भएको हो । यस्तै महामन्त्री पूर्णबहादुर खड्का सहित खड्का प्यानलका सवै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here