गुर्भाकोट, मंसिर १ – नेपाली काग्रेस १४ औं महाधिवेशन अन्तर्गत गुर्भाकोट नगरपालिकाको नगर अधिवेशनबाट सभापतिमा हस्त पुन निर्वाचित हुनुभएको छ । पुन दोस्रोपटक पुनः सभापतिमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

सम्पन्न नगर अभिवेशनबाट सभापतिमा पुन, उपसभापति लालबहादुर पुन, उपसभापति मधु गुरुङ र्निविरोध निर्वाचित हुनुभएको हो । यस्तै नगर सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली, सहसचिव रुपक पौडेल र पुष्पा बि क रहनुभएको छ ।


नेपाली काग्रेस भेरीगंगा नगर अधिबेशनबाट सभापति रामबहादुर सिंह, उपसभापति रेशम बहादुर पुन, प्रतिक्षा विक, सचिव हिरालाल खत्री, लालसिंह बुढाक्षेत्री र सहसचिवमा धर्मराज खड्का, टीकाराम ओली निर्वाचित हुनुभएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here