भेरीगंगा, माघ ७- निर्माणधीन अवस्थामा रहेको भेरीगगा वडा नम्बर १२ स्थित छिन्चु बसपार्क निर्माणका लागि बृह्त आयोजनाका रुपमा विस्तार हुने भएको छ । नगरको आफ्नै सानो लगानीमा बसपार्क निर्माण थालिएको छिन्चु बसपार्कको भव्य संरचना बनाउन नगर विकास कोषसंग १४ करोडको सम्झौता भएको छ ।

शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका छिन्चु बसपार्क आयोजनाका लागि बिहिबार नगर विकास कोषसंग मेयर भुपेन्द्रकुमार चन्द र उपमेयर रेणु आचार्यले सम्झौता गरेका हुन् । भेरीगंगा नगरपालिकालाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप भेरीगंगा नगरपालिका छिन्चुमा निर्माण हुने छिन्चु वसपार्क आयोजना निर्माणका नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाज्यूू र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्द, रेणु आचार्य बिच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको नगर प्रमुखका स्वकीय सचिव खगेन्द्र नगालले बताउनुभयोे । छिन्चु वसपार्क आयोजना निर्माणको कुल लागत १८ करोड ५८ लाख २० हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने गरि सम्झौता भएको उपमयेर रेणु आचार्यले जानकारी दिनुभयो । कर्णाली प्रदेशमै छिन्चुमा निर्माण हुने वसपार्कको प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको आर्चायले बताउनुभयो ।

करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । बसपार्क आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा स्थापित गर्ने नगरप्रमुख चन्दले प्रतिवद्धता व्यक्त गर्दै आयोजनाले कर्णाली प्रदेशवासीलाई व्यवस्थित शहरी सेवा सुविधा प्रवाह गर्ने बताउनुभयो । आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो ।


ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको वसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजना समयमै निर्माण सम्पन्न भई उक्त क्षेत्रको मुहार परिवर्तनका लागि महत्वपूर्ण हुने भन्नुभयो । सम्झौतासंगै बसपार्क निर्माण कार्य अगाडी बढ्ने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here