सुर्खेत १(ख) मा माओवादीका कृष्ण जिसी विजय

0
93

सुर्खेत, मंसिर ८ -सुर्खेत क्षेत्र नम्बर १ (ख) मा गठबन्धनबाट नेकपा माओवादीका कृष्णबहादुर जिसी विजय भएका छन् । जिसीले ४१९६ मतान्तरले विजयी भए । मत परिणाम अनुसार जिसीले २१७३४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी एमालेका डण्डीप्रसाद शमाले १५७८४ मत ल्याए । सुर्खेत क्षेत्र नम्बर १ को प्रदेशसभाका दुई सिटमा गठबन्धन विजय भएको छ । प्रदेश क बाट कांग्रेसका जिल्ला सभापति खड्गप्रसाद पोखरेल विजय भएका छन् ।

यता सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधधी सभातर्फ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ८ हजार बढी मतले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाममा प्रतिनिध सभा तर्फ कांग्रैसका पूर्ण बहादुर खड्का ३१,४५१ मतसहित ८११२ मतले अगाडी हुनुहुन्छ । यस्तै एमालेका धुर्व कुमार शाहीले २३,३३९ मतसहित खड्कालाई पछाई रहनुभएको छ । प्रतिनिधीसभातर्फ अव भेरीगंगा नगरपालिकाका १३ वडाका मत गणना बाँकी रहेको छ । क्षेत्र नम्बर १ मा खड्का जित सुनिश्चितको नजिक रहनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here