सल्यानमा एसका प्रकाश ज्वाला १६ हजार मतान्तरले विजय

0
93

सुर्खेत, मंसिर ८ -सल्यान जिल्लाबाट गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला करिव १६ हजार मतान्तरले विजय भएका छन् । उनले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहीलाई १५९११ मतान्तरले पराजय गरे ।

प्रकाश ज्वावाले ३५७०० मत ल्याउँदा प्रतिद्धन्द्धी शाहीले १९७८९ मत ल्याए । प्रतिनिधी सभामा ८३६७४ मत खसेको थियो भने ७३६९ मत बदर भयो । एमालेका उम्मेदवार राजेन्द्रबीर रायले १३०२९ मत ल्याए भने राप्रपाका नेत्रलाल श्रेष्ठले २२९३ मत ल्याए ।

ज्वाला कर्णाली प्रदेश सरकारमा क्रस फ्लोर गरेर तत्कालिन मुख्यमन्त्री महेन्दबहादुर शाहीको पद बचाएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here