गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

0
190

भेरीगंगा, असार १० -गुर्भाकोट नगरपालिकाको ११ औं नगरसभामा आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । सभाले बजेट तथा कार्यक्रम ९५करोड ५८ लाख ३३ हजारको पास गरेको हो । गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको हो ।

शुक्रबार आगामी वर्ष २०७९।८० का लागि नगर उपप्रमुख मैना विकले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् । यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ । नगर प्रमुख हस्त पुनले नगरपालिकाको आगामी बर्षको निति तथा कार्यक्रम पेश गरेका थिए । नगर विधियेक एने समेत नगर सभाले पारित गरेका छन् । यता लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ बराबरको बजेट ल्याएको छ । गएको बुधबार आगामी वर्ष २०७९।८० का लागि नगर उपप्रमुख विमला खड्लुकले उक्त बजेट ल्याएकी हुन् । उपप्रमुख खड्लुका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रूपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रूपैयाँ बजेट लेकबेशीको रहेको छ । नगरपालिकाले निति तथा कार्यक्रम समेत पारित गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here