भेरीगंगाका निर्वाचित जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण

0
171

भेरीगंगा, जेठ ८- भेरीगंगा नगरपालिकाका नवनिर्वाचित नप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, नगरका १३ वटै वडाका वडाअध्यक्ष र सदस्य जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । प्रमाणपत्र वितरण गर्दै निर्वाचन अधिकृत लम्सालले निर्वाचनलाई सव्य र सहज रुपमा सम्पन्न गर्नका लागि सबै पक्षबाट सहयोग भएको बताउनुभयो । उहाँले भेरीगंगाका सम्पुर्ण सरोकारवाला तथा राजनितीक दल, सुरक्षा, पत्रकार निकाय लगाएतले महत्वपुर्ण सहयोग गरेको भन्दै भेरीगंगा नगरबासिलाई धन्यावाद दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, १३ वटै वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । भेरीगंगाका जनप्रतिनिधीलाई अव शपथ ग्रहण गर्न बाँकी रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here