पैदलयात्रीलाई भेरीगंगाले घर पुर्याउँदै

0
313

भेरीगंगा, बैशाख ८- कोरोना लकडाउनका समयमा प्रदेश नम्बर ५ को सडक बाटो हुँदै पैदलयात्रा कर्णाली प्रदेशका जिल्लामा हिडेका यात्रुलाई भेरीगंगा नगरपालिका सुर्खेतले घर पुर्याउन थालेको छ । सडकबाटो हुँदै पैदल प्रदेश ५ को सिमा बबईसम्म पुगेका कर्णाली प्रदेशका जिल्लाका यात्रुलाई गाडीमा  राखेर गन्त्वयमा पठाउन थालिएको हो ।

भेरीगंगा नगरपालिका सुर्खेतका जनप्रतिनिधीहरु कोरोनाको संक्रमणवाट नगरबासीलाई सुरक्षित राख्न निकै प्रयत्नशिल भएर लागेका छन् । अहिलेसम्म बबईमा १३३ नागरिकको लगत लिई सम्वन्धीत पालिकासम्म र्पुयाउन पहल भएको भेरीगंगाका मेयर भुपेन्द्र चन्दले जानकारी दिए । अहिलेसम्म सुर्खेतका ५० जना, दैलेखका २९, जाजरकोटका १३, कालिकोटका १८, मुगुका १०, जुम्लाका १० र सल्यानका ३ जनालाइ सम्वन्धीत जिल्ला पठाउन प्रमुख जिल्ला अधिकारी तथा सम्वन्धीत पालिका प्रमुख संग समन्वय भएको बताएको छ । यस्तै घर पठाएकामा वीरेन्द्रनगर नगरपालिका का २ जना, बराहताल गाउँपालिकाका १ जना र भेरीगंगाका ९ जनालाई भेरीगंगाको क्वारेन्टाईनमा राखिएको उपमेयर रेणु आर्चायले जानकारी दिईन् । बबईसम्म आएर अलपत्र परेका पैदलयात्रुलाई स्वास्थ्य चेकजाँच गर्दै क्वारेन्टाईन र घरसम्म पठाउने व्यवस्था गरिएको उनले भनिन् ।

यता कर्णाली प्रदेशबाट प्रदेश ५ मा जाने २४ जना नागरिकलाई कोहलपुर नगरपालिकाको समन्वयमा समेत सम्वन्धीत स्थाानमा पठाइएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन गर्नुपर्ने काम र सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि नगरपालिकाले एक करोड एक लाखको विपद व्यवस्थापन कोष समेत खडा गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here