मैनतडा स्वास्थ्य चौकी र विद्यालयमा पानी पुगेपछि पानी देवताको पुजा

0
714

छविलाल सुनार, असार १२ -लामो समयसम्म पानीको समस्या भोग्दै आएका र खानेपानीका श्रोतका लागि लामो प्रयास सफल भएपछि भेरीगंगाको मैनतडा स्वास्थ्य चौकी र विद्यालयमा पानी देउताको पुजा गरिएको छ । भेरीगंगा नगरपालिका वडा नं ८ मा  लिफ्टबाट पानी पाँउदा स्थानिय निकाय तथा सरोकारवालाहरु खुसिले गद्गद छन् ।

पानी आएको देखेपछि स्थानिय सरोकारवाला र स्थानियहरु खुसि हुदै पानी ल्याउन पहल गर्ने र सहयोग गर्ने पक्षलाई धन्यवाद दिएका थिए । भेरीगंगा वडा नम्बर ८ का वडा अध्यक्ष् पुसे कामीले पानी देवताको पुजागदैै खुसि व्यक्त गरेका हुन् । भेरीगंगा नगरपालिबाट प्राप्त अनुदानमा डिप बोरिङ्ग गरेको र वातावरण, जनस्वास्थ्य संस्था (एन्फो) बाट मोटर तथा प्राविधिक सहयोगमा डिपबोरिङ्ग संचालन भएको छ । जस्ले मैनतडा स्वास्थ्य चौकी, श्री नेरामावि लोदे, वडा कार्यालय र खेलकुद मैदानमा पानी उपलब्ध भएको छ । उक्त पानीलाई दिगो संचालन र व्यवस्थापनका लागि भेरीगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुसे कामीको संयोजकत्वमा सदस्यहरु स्वास्थ्य संस्था प्रमुख जित बहादुर वि.क, विद्यालयका प्र.अ भानुप्रसाद शर्मा, वडा सचिव लेखनाथ शर्मा, र सामाजिक परिचालक जयलाल सुनार रहेका छन् । सार्वजनिक सेवा प्रवाहको हवको रुपमा रहेको यस क्षेत्रमा साविक मैनतडा गा.वि.स समेत रहेको थियो । हालसम्म पनि बोकेर खोलाको र मुलको पानी खानेपानी, सरसफाइको आवश्यकता पुरा गर्न वाध्यता थियो । अहिले विद्यालय, वडा कार्यालय र स्वास्थ्इ चौकीमै अव परिसरमै पानी आउदा सवै जना दङ्ग छन् ।

खानेपानीको उच्च माग भएको यस क्षेत्रमा खानेपानी टंकी निर्माण, फिल्टर जडान र क्लोरिन मार्फत सुरक्षित र प्रयाप्त पानीको पहुँच पु¥याउन सकेमात्र यो खुसि दिगो र सार्थक हने देखिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here