डुडुवा (बाँके), २७ असोज- बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्र्तगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो ।


जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ, भन्नुभयो ।’ उहाँले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरिय निशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण गाउपालिकास्तरमा हुने गरेको बताउनुभयो ।

विरामीलाई हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । जुत्ता पाएपछि विरामीहरुले आफुहरुलाई आवत जावतमा सहज हुने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्मा लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here