गुर्भाकोट कांगे्रस वडा,नगर, क्षेत्र, जिल्ला र क्षेत्रमा निर्वाचितलाई सम्मान

0
182

गुर्भाकोट, मंसिर २२- नेपाली कांग्रेसको भर्खरै सम्पन्न वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश महाधिवेशनबाट गुर्भाकोट नगरपालिकाबाट विभिन्न पदमा निर्वाचित पदाधिकारीलाई मंगलबार सम्मान गरिएको छ ।

नेपाली कांग्रेस गुर्भाकोट नगरपालिका कार्यसमितिको आयोजनामा भएको सपथ, सम्मान तथा बधाई कार्यक्रममा नगरभित्रका निर्वाचित विभिन्न क्षेत्रका पदाधिकारीलाई सम्मान गरिएको हो । गुर्भाकोट नगरपालिकाको मेहेलकुनास्थित सिटी हलमा आयोजित सपथ तथा सम्मान कार्यक्रममा नगर सभापति हस्त पुनले पदाधिकारीलाई सपथ र सम्मान गर्नुभएको हो । नगरबाट कांग्रेस महाधिवेशनमा निर्वाचित वडा सभापति, वडा समिति, नगर समिति, प्रदेश सभा समिति, क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्यसमिति तथा महाधिवेशन प्रतिनिधी, क्षेत्रीय प्रतिनिधीलाई सम्मान गरिएको नगर सभापति पुनले जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारीलाई टिका, अविर र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा नगरभित्रका विभिन्न स्थानमा कांग्रेस महाधिवेशनमका निर्वाचित प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here