गुर्भाकोट, कार्तिक २७- शनिबार सम्पन्न नेपाली कांग्रेस १४ औँ महाधिवेशनबाट गुर्भाकोट नगरपालिकामा १४ वटै वडामा सर्वसम्मत वडासभापति निर्वाचित भएका छन् ।

वडाको कार्यसमितिका लागि सम्पन्न महाधिवेशनबाट १४ वडामा सर्वसम्मत सभापतिसहित २७ सदस्यीय वडा कार्यसमिति चयन भएका हुन् । वडाबाट १६ जना क्षेत्रीय प्रतिनिधी र ३ सदस्यीय नगर कार्यसमिति सदस्य समेत सर्वसम्मत निर्वाचित भएका हुन् । नेपाली कांग्रेस गुर्भाकोट नगर कार्यसमितिले दिएको जानकारी अनुसार गुर्भाकोट १ मा बुद्ध तारम, २ मा युवराज ढकाल, ३ मा दल्जीत विक, ४ मा राम डाङ्गी,५ मा खगेश्वर हर्मा, ६ मा रुद्धबहादुर वली, ७ मा केहरसिँह बुढा वडासभापतिमा निर्वाचित हुनुभएको छ ।

यस्तै वडा ८ मा किरण विक, ९ मा प्रेम वली, १० मा नेत्र खड्का, वडा ११ मा लालप्रसाद आचार्य, वडा १२ मा थमानबहादुर गुरुङ्ग, १३ मा कबिरामप्रसाद गुरुङ्ग र वडा नम्बर १४ मा डम्मबरबहादुर सुनार वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको नगर सभापति हस्त पुनले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here