गुर्भाकोटका विकट र दुर्गममा शसस्त्र प्रहरी सचेतना फैलाउदै

0
357

गुर्भाकोट, चैत १८- गुर्भाकोटनगरपालिकाको दुर्गम र विकटका बस्तीहरुमा शसस्त्र प्रहरीले काेभिड १९ कोरोना भाईरसबाट बच्न स्थानीयमा सचेतना फैलाउन घरदैलो थालेको छ।

गुर्भाकोट नगरपमलिकाको वडा नम्बर ४,५ र ६ वडामा पर्ने गुर्भाकोट डाडाका विकट स्थानमा दैनिक माईकिङ्ग र प्रचार प्रसार गर्ने गरेको छ। शसस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प गुमीको टोलीले विकट टिमुरे, पातिहाल्ना, कोट, माझकारा, मालारानी, धारापानीमा कोरोना भाईरसबाट बच्न र सचेत रहन अभियाननै चलाएको हो। शसस्त्र प्रहरी नावय निरीक्षक नरबहादुर पुनको शसस्त्र प्रहरी टोली दैनिक विकट र जोखिम सडक छिचोल्दै कोरोनाबाट बचाउन सत्रिय भएको हो । धुलाम्मे, खाल्डाखुल्डी र कच्ची भिरालो अोरालो सडक पार गर्दै माईकिङ्ग, पर्चा पम्पलेट वितरण  गरिदै अाएको सशस्त्र प्रहरीका सई पुनले बताए। विकटका नागरिकलाई भिडभाडमा नबस्न, घरबाहिर नबस्न, सवारी साधन नचालउन र विदेशबाट अाएका मानिसलाई नजिकको क्वारेन्टाइनमा जान सहयोग गर्ने गरेको उनले भने ।

विकट र पहाडी ईलाकामा शसस्त्र प्रहरीले स्थानीय नागरिकलाई कोरोना प्रकोपबाट बच्न दिनरात सहयोग गर्दै अाएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here