कर्मचारीलाई स्वतन्त्र काम गर्ने वातावरण बनाउँछौः नगरप्रमुख ढकाल

0
257

भेरीगंगा, जेठ २१- भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले आफुहरुले निति, नियम बनाएर कर्मचारीहरुलाई सहज वातावरण बनाउने बताउनुभएको छ ।

नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीको बैठकमा कार्यपालिकाले कर्मचारीको काम गर्दा हात बाध्ने अवस्था नहुने बताउनुभयो । हामी कर्मचारीलाई हात नबाधेरै स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउँछौः नगर प्रमुख ढकालले भन्नुभयो । कार्यपालिका र जनप्रतिनिधीले निति नियम बनाएर कार्यान्वयन गर्ने जिम्मा कर्मचारीले दिने ढकालको भनाई थियो ।

कर्मचारीमैत्री निति नियम र काम गर्ने वातावरण बन्ने भन्दै कर्मचारीलाई स्वतन्त्र र विना हस्तक्षेप काम गर्ने वातावरण सृजना हुने नगर प्रमुख ढकालले बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here