आईते बुढाको घर बन्ने पक्का

0
588

नेपालगन्ज, जेठ २४- परालनै ओढ्ने परालनमैं सुत्नबिब बैजानाथ—४नौबस्ता बाँकेका आईते बुढाको घर बन्ने भएको छ सामाजिक अभियन्ता हेमन्तराज काफ्लेको संयोजकत्वमा गठित आईते बुढा सहयोग समितिले संकलन गरेको रकमबाट सो घर बन्ने भएको हो ।


समितिद्वारा संकलित ५० हजार रकमआज घर निर्माण समितिका संयोजकलोकेन्द्र सुनारलाई हस्तान्तरण गरिएको छ । समितिका संयोजकहेमन्तराजकाफ्ले र समितिका सदस्यबासकाकार्यकारी निर्देशकनमस्कार शाहले सो रकम सुनारलाई हस्तान्तरण गरेकाहुन् । समितिले घर बनाउनकालागिअपुग रकमसंकलनगरि सहयोग गर्ने संयोजककाफलेले बताए । जाजरकोटबाट १७बर्ष पहिले बसाई सरेर आएकाआईतेकी ४० बर्षिया भुमिसरा, छोरा रामबहादुर र छोरी मनिषा कठिन अवस्थामा १ कोठे घरमा बसिरहेका छन् । वरिपरि सबैका घर पक्कि, राम्रा छन् उनको घरको अवस्थामात्रै बिजोगपूर्ण छ । गरिव अवस्थाकाआईते दैनिकमजदुरी गर्दछन् । आईतेकीश्रीमतीबोली सम्बन्धिको अपाँगता छिन् । मज्दुरी गर्ने एक जनामात्रै भएकाले परिवारको अवस्थाकमजोर भएको छिमेकीहरु बताउँछन् ।

बुढालाईयस अघिनैं समितिले न्यानो कपडा, भाँडाकुँडा सहितआवश्यक सामाग्रिहरु सहयोग गरेको थियो । हाल सामाजिक सञ्जालमार्फत बुढाको घर बनाउनकालागि सहयोग संकलनगर्ने कामभईरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here