सुर्खेत, पुस २४- भेरीगंगा नगरपालिका छिन्चु सुर्खेत र
राष्ट्रिय भुमि आयोग बिच लालपुर्जा वितरण गर्ने प्रकियामा सम्झौता भएको छ। शनिबार काठमाडौ आयोग कार्यलयका एक कार्यक्रमका बिच आयोगका अध्यक्ष केशव निरौला र भेरीगंगाका मेयर भुपेन्दबहादुर चन्दबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नया गठित राष्ट्रिय भुमि आयोग आयोजनामा भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सहमती पत्रमा हस्ताक्षर भएको हो । आयोग र स्थानीय तहबिच सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अनुसार सहमति भएको भेरीगंगा ७ का वडाअध्यक्ष पदमबहादुर खत्रीले बताउनुभयो । भेरीगंगा नगरबाट रोहबरमा वडाअध्यक्ष पदम खत्री र शिक्षा शाखा संयोजक गजेन्द्रकुमार जिसीले हस्ताक्षर गर्नुभएको छ।

सम्झौतासंगै भेरीगंगामा यसअघि सुरु भएको अव्यवस्थित जग्गा लालपुर्जा वितरण प्रकिया अगाडि बढाउन बाटो खुलेको छ। जग्गा पुर्जा कार्यका लागि नगरपालिकाले लागत संकलन, नापजाच, तथ्यांक संकलन, घरधुरी संकलन, जनशक्ति परिचालन, बजेट, खर्च व्यवस्थापन गर्नुपर्ने छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here