अवको पाँच बर्षीय कार्यकालमा पुर्वाधारमा जोड अध्यक्ष:मिजार

0
171

दिलिप ढकाल, भदौ २५-पहिलो स्थानीय निर्वाचन २०७४ को पहिलो पाँच बर्षीय कार्यकालमा आधारभुत पुर्वाधार निर्माण भएको भेरीगंगा वडा नम्बर ७ मा अवको बाँकी पाँच बर्ष पुर्वाधार निर्माणमा जोड दिने जनप्रतिनिधीको भनाई रहेको छ । भर्खर सम्पन्न निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाअध्यक्षमा निर्वाचित वडाअध्यक्ष कर्णबहादुर मिजारले अव सडक, वडा कार्यालय, स्वास्थ्य चौकी, सडक पुल लगातका पुर्वाधार निर्माणमा जोड दिने बताउनुभयो ।

वडाअध्यक्ष मिजारले आफ्नो बितेको पाँच बर्षे कार्यकालमा आफुले गरेको कामप्रति आफु नै सन्तुष्ट नरहेको भन्द दोस्रो कार्यकालमा अधुरा कामले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । बिजी एफएमको साप्ताहिक कार्यक्रम भेटघाट कुरा गर्दै अध्यक्ष मिजारले आफ्नो पाँच बर्षे कार्यकाल सकिदासम्म पनि आफुले सोचेको र गर्न चाहेको जति काम गर्न नसकेको बताउनु भएको हो । वडामा सडक कालोपत्रे गर्न नसक्नु, विद्यालयको लागि आबश्यक भौतिक संरचना निर्माण गर्न नसक्नु र युवाहरुलाई रोजगारी दिन नसक्दा सयौ युवाहरु रोजीरोटीको लागि बाहिरी देश जानु पर्ने अबस्थालाई रोक्न नसक्नुले पनि आफ्नो पाँच बर्षे कार्यकालमा सम्झना योग्य नभएको अध्यक्ष मिजारको गुनासो रहेको छ ।
आफ्नो कार्यकालमा आफुले खानेपानी पुल सडक बिस्तार लागाएत बिकास निर्माण र जनताका आबश्यकताहरु पुरा गर्न नसक्नुले नै आफु सन्तुस्ट हुने बाटो नभएको उँहाले बताउनु भयो । सार्वजानिक जग्गा नहुदा वडा कार्यलय भाडामा बस्नु पर्ने बाध्यता रहेको पनि वडाअध्यक्ष गुनासो रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here